स्थानीय तह चुनावमा ठेकेदारहरूले उम्मेदवार हुन नपाउने ।
काठमाण्डौ:
निर्वाचन आयोगले स्थानीय तह चुनावमा ठेकेदारहरूलाई उम्मेदवार हुन कडाइ गरेको छ।
आयोगले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहमा ठेक्कापट्टामा संलग्न नरहेको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने भनेको छ।
कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नभएको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने हुन्छ। उम्मेदवारले मनोनयन दर्ता गर्नुअघि लिखित स्वघोषणा पत्र पनि पेश गर्नुपर्ने आयोगले बताएको छ।
‘आयोगले संविधान तथा निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्थासमेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानुनबमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्द स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणाप्रति उम्मेदवार स्वयम जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवारको मनोनयनपत्र साथ पेश गर्नुपर्ने स्वघोषणा पत्रमा विभिन्न बुँदा समेट्नुपर्नेछ।’
नेपालको संविधानप्रति निष्ठावान् रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक, गाउँ वा नगरमा मतदाता नामावलीमा नाम भएकोलगायत स्वघोषणा गर्नुपर्नेछ।साथै सरकारी संस्थामा बाहल नरहेको, प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीमा नाम नरहेको पनि स्वघोषणा गर्नुपर्ने आयोगको भनाइ छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


