अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति ।
अर्घाखाँची:
अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।
अर्घाखाँचीको सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज (मंगलबार) दिउँसो आगलागी भएको हो । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो ।
आगलागीबाट दुई वटा मेसिन एउटा जेनेटर, सिरक डसना लगायत सामन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उद्योगी मोहम्द फिरोज आगो निभाउने क्रममा बेहोस भएपछि उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ ।
करिब एक घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय दमकलको सहायताबाट आगो नियन्त्रमा आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


