धर्मलाई पर्यटनसँग जोड्न सके मात्रै नेपालको आर्थिक संवृद्धि सम्भव : मुख्यमन्त्री पोख्रेल ।
वालिङ, चैत्र १३ गते ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल नेपालीले कालगण्डकी नदीको डाईभर्सन भएमा यसको सभ्यता नै संकटमा पर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘कालीगण्डकी नदी मात्रै होईन हाम्रो सभ्यता पनि हो त्यसैले डाईभर्सनको कुरै छाडौं सबै नदीको सरक्षण मा लागौं ।’
स्याङ्जाको कालीगण्डकीमा रहेको आलमदेवी मन्दीरको दर्शन पछि मुख्यमन्त्री पोख्रेलले धर्मलाई पर्यटनसँग जोड्नु पर्नेमा जोड दिनुभयो । धर्मलाई पर्यटनसँग जोड्न सके मात्रै नेपालको आर्थिक संवृद्धि सम्भव हुने पोख्रेलले बताउनु भयो ।
कालीगण्डकी र आसपासका क्षेत्रको बिकासका लागि गण्डकी प्रदेश सरकारले बिशेष प्राथमिकतामा राखेको मुख्यमन्त्री पोख्रेलको भनाई छ ।
स्याङ्जामा भएका बिभिन्न कार्यक्रममा सहभागि बन्नु भएका मुख्यमन्त्री पोख्रेलले स्याङ्जा र गुल्मी जोड्ने मोटरेवल पुलका उद्घाटन समेत गर्नुभयो । स्याङ्जाको कालीगण्डकी २ रुद्रबेणी र गुल्मीको सत्यवती १ जोड्ने मटरबल पुलको उद्घाटन गर्नु भएको हो । ६ करोड ६३ लाख १३ हजार सात सय ९ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको पक्कीपुलका कारण दुई जिल्लाका हजारौं नागरिक लाभान्वित हुने स्थानीय समाजसेवी यादव प्रसाद पाण्डे सुन्दरले बताउनु भयो ।
यस्तै मुख्यमन्त्री पोख्रेलले चापाकोट गल्याङ रुद्रबेणी सडक खण्डको शिलन्यास समेत गर्नु भएको छ । कालीगण्डकी २ रुद्रबेणीमा सडकको शिलन्यास गर्दै मुख्यमन्त्री पोख्रेलले सडक तथा पुल बिकासका आधार स्तम्भ भएको बताउनु भयो । सडक ३ करोडको लागतमा निर्माण हुन लागेको हो ।
मुख्यमन्त्री पोख्रेलले कालीगण्डकी मा नै भएको आमसभालाई समेत संवोधन गर्नु भएको थियो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…