जन्मदिनको अबरसरमा बिरामीलाई आर्थिक सहयोग

स्याङजा :

युबा समाजसेबी नेपाली काङ्ग्रेसका नेता राजकुमार गुरूङले आफनो जन्म दिनको अबसरमा दुर्घटनाका बिरामीलाई आर्थिक सहयोग गर्नु भएको छ । सवारी दुरघटनामा परि उपचारको क्रममा रहनु भएका भीरकोट नगरपालिका वडा नम्वर ९ का अनु गुरूङलाई आर्थिक सहयोग गरेर उहाँले जन्म दिन मनाउनु भएको हो ।

स्वास्थ्यलाभको कामना गर्दै रू ११,१००/- आर्थिक सहयोग गरि उहाँले आफनो जन्म दिन मनाउनु भएको हो । बिरामी महिलाको श्रीमान पनि विगत केही बर्ष देखि मृगौलाको समस्याले गण्डकी मेडिकल कलेज पोखरामा डायलेसिस गरिरहनु भएको छ । उक्त सहयोग हस्तान्तरणमा बोल्दै नेपाली काङ्ग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारी (लक्ष्मण)ले सहयोग प्रति धन्यवाद दिदै नेपाली काङ्ग्रेस भीरकोट नगर कार्यसमितिले पनि यस सहयोग अभियानमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सो अवसरमा भीरकोट जेसीजको अध्यक्ष नि.अध्यक्ष प्रशुन मगरले भीरकोट जेसीजले सहयोग अभियान सञ्चालन गर्ने बताउनु भयो । साथै उक्त कार्यक्रममा गण्डकी मेडिकल कलेजका प्रसासनिक प्रमुख कृष्ण पौडेलको पनि सहभागिता रहेको थियो । समाजसेवी गुरूङले विगतका जन्म उत्सव पनि यस्तै सामाजिक अभियान गरि मनाउदै आईराख्नु भएको परिवारले जनाएको छ ।

Facebook Comments Box
TOP