हत्या गरेर भागेका अभियुक्त ३१ वर्षपछि पक्राउ ।
काठमाण्डौ:
बाजुरामा २०४८ असोजमा शंकर धामीको हत्या गरेर भागेका अभियुक्तलाई प्रहरीले ३१ वर्षपछि पक्राउ गरेको छ । धामीको हत्यामा संलग्न खप्तडछेडेदह गाउँपालिका–२ घर भएका मिनबहादुर सिंहलाई धनगढीबाट पक्राउ गरिएको बाजुराका डिएसपी चतुर्भुज ओझाले बताए ।
२०४८ असोज ६ मा भैंसीले कोदाबाली खाएर नोक्सान गरेको विषयमा विवाद हुँदा धामी पक्षलाई सिंह पक्षले कुटपिट गरेका थिए । घटनास्थलमा १२–१४ जना उपस्थित भएपनि मिनबहादुर र जगतबहादुर सिंहले भैंसी बाँध्ने किलो र हँसियाले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
सो मुद्दामा जिल्ला र उच्च अदालतले गरेको जन्मकैदको फैसला उल्ट्याएर सर्वोच्च अदालतले २०५७ असारमा १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । जगतबहादुरले फैसला अनुसारको सजाय भुक्तान गरिसकेका छन् । लामो समय भारतमा बसेका मिनबहादुर पछिल्लो समय धनगढीमा घर बनाएर बसिरहेका थिए । धनगढीको सन्तोषी टोलबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाजुराले बुधवार मिनबहादुरलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


