स्याङ्जा : सडक दुर्घटनामा एकको मृत्यु ।
स्याङ्जा, चैत्र ७ गते :
स्याङ्जाको गल्याङमा सोमवार अपरान्ह भएको सडक दुर्घटनमा एक जनाको मृत्यु भएको छ । वालिङबाट बुटवलका लागि छुटेको ग १५ प ७४४७ नम्वरको मोटरसाईकललाई बिपरित दिशाबाट आईरहेको लु २ ख ५२९० नम्वरको फोर्र्स गाडीले ठक्कर दिदा मोटरसाईकल चालकको ज्यान गएको हो ।
दुर्घटनामा रुपन्देहीको सुद्धोदन गाँउपालिका ५ घर भई गल्याङको कुशल मोटरसाईकल वर्कशर्पमा काम गर्ने २७ बर्षीय जितेन्द्र पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायवउपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । घाईते पटेलको उपचारका क्रममा गल्याङ नगर अस्पतालमा मृत्यु भएको हो ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


