नेपालद्वारा एकै ओभरमा ३२ रन प्रहार ।
काठमाण्डौ :
नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको टी २० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पिएनजीविरूद्धको दोस्रो खेलमा नेपालका मध्यक्रमका ब्याट्सम्यानद्वय दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले उत्कृष्ट ब्याटिङ गरे।
दीपेन्द्रले खेलमा अर्धशतक पूरा गरे भने आदिल डेब्यू खेलमै उत्कृष्ट ब्याटिङको नमुना देखाए।
दीपेन्द्रले ६६ रन र आदिलले ३१ रन बटुले। दीपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का हिर्काए। यस्तै आदिलले ११ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
दुईबीच पाँचौ विकेटका लागि ५ ओभरमा ६६ रनको साझेदारी गरेका थिए। जसमा दुई मिलेर १९औं ओभरमा ३२ रन प्रहार गरेका थिए।
यो ओभरमा पिएनजीका नोसैना पोकनाले बलिङ गरेको थिए। जसमा आदिलले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हिर्काए।
त्यसपछि नो बल हुँदा आदिलले छक्का प्रहार गर्दै ७ जोड्न सफल भए। तेस्रो बलमा आदिलले फेरि छक्का हिर्काए। चौथो बलमा उनले तीन रन लिए। पाँचौ बलमा दीपेन्द्रसिंह ऐरीले छक्का प्रहार गरेका थिए भने छैटौं बलमा ऐरी आउट हुन पुगेका थिए।
त्यसअघि १८ ओभरमा नेपालले २४ रन जोडेको थियो। दीपेन्द्रले सो ओभरमा पिएनजीका नोर्मान भानुआलाई पहिलो तीन बलमा लगातार छक्का हिर्काउँदै अर्धशतक पूरा गरेका थिए। त्यसपछि चौथो बलमा उनले एक रन लिए। पाँचौ बलमा आदिलले पनि एक रन लिँदा छैटौं बलमा दीपेन्द्रले चौका हिर्काए।
खेलमा नेपालले पिएनजीलाई २०४ रनको लक्ष्य दिएको छ। नेपालले ७ विकेटको क्षतिमा २०३ रन जोड्यो।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


