मोटरसाइकल सहित स्याङ्गजाको भालुपहाडबाट खसेर वाइसिएल नेता पौडेलको मृत्यु ।

Suwas Paudel

 

पोखरा
माओवादी केन्द्र स्याङ्गजाका युवा नेता तथा वाइसिएल नेपालका केन्द्रिय स्वास्थ्य विभाग प्रमुख सुवास पौडेलको सडक दुर्घटनामा परी मृत्यु भएको छ।

पौडेलको शुक्रवार साँझ सिद्दार्थ राजमार्ग अन्तर्गत पर्ने स्याङ्गजाको भालुपहाड सडक खण्डमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। पौडेल सवार मोटरसाइकल चिप्लेर सडकबाट अन्दाजी १०० मिटर तल खसेको बताइएको छ।

फेदिखोला निवासी पौडेल स्याङ्जा जिल्ला कार्यसमितिको बैठक सकेर घर फर्किने क्रममा दुर्घटनामा परेको बताइएको छ।

 

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP