वालिङमा फोहार मैला व्यवस्थापनका लागि बिभिन्न सामाग्री बितरण ।
वालिङ,माघ १९ गते :
फोहोर मैला व्यवस्थापनका लागि वालिङमा बिभिन्न सामाग्री बितरण गरिएको छ । नगरका १४ वटै वडामा बिभिन्न सामाग्रीहरु बितरण गरिएको हो ।
वालिङ प्रोडक्ट होल्डीङ बहुउद्देश्यीय सहकारी संस्थाले प्रत्येक वडामा कुहिने, नकुहिने तथा सिसाजन्य सामाग्री संकलनका लागि डक्टविन,मास्क,पन्जा,कुचो लगायतका समाग्री बितरण गरेको हो ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंधीय बिकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा वालिङमा सञ्चालित हरित पुनःउत्थान (पिजिआरपि) परियोजना अन्तगर्त बिभिन्न सामाग्रीहरु बितरण गरिएको परियोजना संयोजक बिशाल बगालेले जानकारी दिनुभयो ।
वालिङ नगरपालिकाका १४ वटै वडामा रहेका आमा समूह ,युवा क्लब तथा वडाहरुसँगको समन्वयमा सामाग्री प्रदान गरिएको संयोजक बगालको भनाई छ । उहाँले फरक फरक प्रकृति फोहर राख्ने गरी तीन तीन वटा डस्टविन बितरण गरिएको बताउनु भयो ।
परियोजना मार्फत अर्गानिक खेति तालिम, बिउ बिजन वितरण ,गड्यौले मल बनाउने तालिम लगायतका कार्यक्रम सञ्चालन गरिदै आएको सहकारीका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङले जानकारी दिनुभयो । कोभिडबाट प्रभावित भएका परिवारलाई बिशेष प्राथमिकतामा राखेर तालिम सञ्चालन गरिएको गुरुङको भनाई छ ।
बिभिन्न वडामा यसअघि बितरण गरिएका सामाग्रीहरुको अनुगमन तथा मुल्याङ्कन गरि थप तालिम समेत प्रदान गरिने परियोजनाका टिम लिडर नेत्र प्रसाद सुवेदीले बताउनु भयो । नगरपपालिका १४ वटै वडाममा फोहरमैला व्यवस्थापनका लागि सहयोगीहरु परिचालन समेत गरिएको सुवेदीको भनाई छ ।
परियोजनाले फोहरमैला व्यवस्थापन, अर्गानिक खेतीको प्रवद्र्धनसँगै उद्यमशीलतताको क्षेत्रमा समेत काम गरिरहेको छ । परियोजनाले उद्यमशीलता,व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक मार्फत बित्तिय साक्षरता,व्यवशाय प्रवद्र्धन, नवउद्यमीहरुलाई उद्यम गर्ने काममा सहजीकरण,उद्यमीहरुको लागि व्यशायीक योजना निर्माण,ईबिक मार्फत अर्गानिक उत्पादनमा सहजीकरण लगायतका काम गरिहेको परियोजनाका संयोजक बगालेले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
५ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…