नेपालसामु यूएईले दियो १ सय ७६ रनको विशाल लक्ष्य ।
काठमाण्डौ:
टी२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा नेपालसामु यूएईले १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको हो ।
यूएईका लागि मोहम वसिमले विस्फोटक ब्याटिङ गर्दै ४८ बलमा सर्वाधिक ७० रन बनाए । त्यस्तै, भ्रित्य अरभिन्दले पनि ४६ रनको योगदान दिए भने मोहमद उसमानले १७ रन बनाए । नेपालका लागि जितेन्द्र मुखिया र अविनास बोहराले ३–३ विकेट लिए । कप्तान सन्दीप लामिछानले १ विकेट लिए ।
नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको हो । नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो । आजको खेलमा जित निकाले नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


