अवैध लागु औषधसहित दुई जना पक्राउ ।
तनहुँ:
अवैध लागु औषधसहित तनहुँ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं -४ बेनिटारस्थित सडकमा चेक जाँचमा खटिएको प्रहरीको टोलीले प्र.३-०१-००१ प १६३१ नम्बरको बसबाट अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका-९ बस्ने १९ वर्षीय रन्जन अली र बेनी नगरपालिका-५ बस्ने २२ वर्षीय शिशिर बोहोरा ९सार्की० छन्।
प्रहरीले उनीहरुको साथबाट नुर्फिन २५ एम्पुल, डाईजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागु औषध वरामद गरेको छ भने उनीहरुमाथि लागु औषध मुद्धामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


