अवैध लागु औषधसहित दुई जना पक्राउ ।
तनहुँ:
अवैध लागु औषधसहित तनहुँ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं -४ बेनिटारस्थित सडकमा चेक जाँचमा खटिएको प्रहरीको टोलीले प्र.३-०१-००१ प १६३१ नम्बरको बसबाट अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका-९ बस्ने १९ वर्षीय रन्जन अली र बेनी नगरपालिका-५ बस्ने २२ वर्षीय शिशिर बोहोरा ९सार्की० छन्।
प्रहरीले उनीहरुको साथबाट नुर्फिन २५ एम्पुल, डाईजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागु औषध वरामद गरेको छ भने उनीहरुमाथि लागु औषध मुद्धामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


