संसद भवन नजिक शंकास्पद वस्तु (बम) फेला ।
काठमाण्डौ:
नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा भवनको पश्चिम गेटनजिक शंकास्पद वस्तु (बम) फेला परेको छ।
प्रहरीका अनुसार सोमबार ११ बजे प्रेसर कुकर भेटिएको हो। उक्त वस्तु बम भएको आशंकामा डिस्पोज गर्ने तयारी भइरहेको छ।
‘दक्षिण गेट अगाडि सडक नो एमसिसी लेखेको प्रेसर कुकरमा फेला परेको छ, शंकास्पद वस्तु भएकाले बमको आशंका गरिएको छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले भने।
उक्त शंकास्पद वस्तुलाई निष्कृय पार्न नेपाली सेनाको टोली बोलाइएको पालले बताए।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित भएको विरोधमा विभिन्न राजनीतिक पार्टीले आह्वान गरेको बन्दका क्रममा सो वस्तु फेला परेको हो।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


