जेष्ठ नागरिक र अशक्तलाई मतदान केन्द्रमा विशेष व्यवस्था गरिने ।

nirbachan aayog logo

काठमाण्डौ:
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रमा ज्येष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिलाका लागि विशेष व्यवस्था तथा सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल अपांग महिला संघका पदाधिकारीहरूसँग आइतबार आफ्नै कार्यकक्षमा भएको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी स्थानीय तहको निर्वाचनको मतदान केन्द्रमा ज्येष्ठ नागरिकलाई सहज हुने व्यवस्था गर्ने बताए ।

निर्वाचन आयोगले कोही पनि मतदाता निर्वाचनमा मतदान गर्न नछुटून भन्नेमा सचेत रहेको थपलियाले बताए । साथै सबै मतदान स्थलहरू अपांगमैत्री हुने गरी आवश्यक नीतिगत व्यवस्था गरिएको र त्यो भएरनभएको परीक्षण गर्नका लागि अनुगमन गर्ने पनि बताए ।

उनले भने, ‘मतदानको विषय भनेको मानव अधिकारको विषय हो । हामी चाहन्छौं मतदानमा कोही छुट्नु हुँदैन । मतदातामा नामावलीमा कोही छुट्नु हुन्न । यो नछुट्नका लागि हामीले कसरी हाम्रो क्रियाकलाप संचालन गर्नुपर्छ रु त्यसका लागि सरोकारवाला संस्थासँगको सहयोगमा काम गर्ने हो । त्यो काममा लागि अहिले हामीले सबै मतदान स्थल करिब ११ हजार रहेका छन् । ती सबै मतदान स्थल अपांगमैत्री हुनुपर्छ । महिलामैत्री हुनुपर्छ । ज्येष्ठ नागरिकलाई सहज हुने हुनुपर्छ । सुत्केरी र गर्भवती महिलाका लागि विशेष व्यवस्था गरिनु पर्छ भनेर नीतिगत रुपमा व्यवस्था गरेका छौं । त्यसलाई कार्यान्वयन हुने गरी अनुगमनको व्यवस्था मिलाउने प्रबन्ध गरेका छौं ।’

यस अवसरमा नेपाल अपांग महिला संघका पदाधिकारीहरूले सबै मतदान केन्द्र अपांगमैत्री हुने गरी आवश्यक व्यवस्था मिलाउन माग गरेका थिए । निर्वाचन आयोगसँग अपांगमैत्री मतदान केन्द्र र उनीहरूको प्रतिनिधित्व सबै स्थानीय तहमा सुनिश्चित हुने गरी आगामी निर्वाचनमा आवश्यक व्यवस्था मिलाउन माग गरिएको संघकी अध्यक्ष टीका दाहालले जानकारी दिइन्

Facebook Comments Box
TOP