एसइई परीक्षा वैशाख ९ गतेबाट ।

काठमाण्डौ:

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेबाट सञ्चालन हुने भएको छ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आगामी वैशाख ९ बाट २० गतेसम्म भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुने भएको छ।शर्माका अनुसार परीक्षा तालिका भोलि सार्वजनिक हुनेछ। बोर्डका अनुसार यस वर्ष करिब ५ लाख परीक्षार्थीले एसइई दिनेछन्।

कोभिड–१९ महामारी फैलिएपछि २०७६ र २०७७ सालका एसइई भौतिक रूपमा गर्न सम्भव भएका थिएनन्।

Facebook Comments Box
TOP