रूसद्वारा युक्रेनमाथि सैन्य कारबाहीको घोषणा ।

putin

काठमाण्डौ:
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार पुटिनले बिहीबार पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन्। पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न माग गरेका छन्। सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा बिस्फोटहरू भएको बिबिसीले उल्लेख गरेको छ। पुटिनको यो घोषणासँगै रूस र युक्रेनको तनाव नयाँ चरणमा पुगेको छ। पुटिनले रूसी र युक्रेनी सेनाबीचको लडाइँ अवश्याम्भावी भइसकेको र यो कहिले हुन्छ भन्ने बाँकी रहेको बताएका छन्।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुतेरेसले पुटिनलाई आफ्ना सैनिकहरूलाई रोक्न र शान्तिका लागि प्रयास गर्न आग्रह गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभरका मानिसहरूको प्रार्थना युक्रेनीका लागि भएको उल्लेख गर्दै पुटिनले यो अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्ने बताएका छन्। ‘यो आक्रमणबाट हुने मृत्यु र क्षतिको एक्लो जिम्मेवार रूस हुनेछ। संयुक्त राज्य अमेरिका र यसका मित्र राष्ट्रहरूले एकतावद्ध र निर्णायक तरिकाले यसको जवाफ दिनेछन्। संसारले रूसलाई जवाफदेही बनाउनेछ,’ बाइडेनले भनेका छन्।

रूसको पछिल्लो कदमबारे बाइडेनले अमेरिकी नागरिकलाई आज सम्बोधन पनि गर्दैछन्।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP