कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित ।

काठमाण्डौ:

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले माघ २१ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार माघ २ र ३ गते सञ्चालन भको ग्रेडवृद्धि ९पूरक० परीक्षार्थीको परीक्षाफल प्रकाशित गरेको हो ।

ग्रेडवृद्धि परीक्षामा सम्मिलित ४२ हजार ४७ मध्ये ४ जनाको परीक्षा रद्द भएको छ भने बाँकी परीक्षार्थीको नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ ।
ग्रेडवृद्धिको नतिजा बोर्ड र नेपाल टेलिकमको वेबसाइटका साथै नेपाल टेलिकमको १६०० मा एसएमएस र १६०१ नम्बरमा डायल गरेर प्राप्त गर्न सकिनेछ ।

Facebook Comments Box
TOP