रसुवागढी नाकाबाट सामग्री आयात निर्यातमा रोक्का ।

काठमाण्डौ:
रसुवागढी नाकाबाट हिजोदेखि सामग्री आयात निर्यात रोकिएको छ ।। चिनियाँ नयाँ वर्षको कारण रोकिएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
चीनमा आज नयाँ वर्ष परेकाले हिजोदेखि एक हप्तासम्मका लागि सामान आयात नहुने कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताउनुभयो ।केरुङमा रहेका कर्मचारी घर गएका कारण सामग्री आयात निर्यात रोकिएको हो । ल्होसारको समयमा हरेक वर्ष नाकाबाट आयात निर्यात रोकिने गरेको छ । चिनियाँ भन्सार कार्यालयले आइतवारसम्म गाडीमा सिल लगाएको थियो । अब करिब ७ दिन जति सामग्री नआउने उहाँले बताउनुभयो ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…