बलात्कार आरोपमा एमालेको संघीय संसद् मोहन बानियाँविरुद्ध मुद्दा दर्ता ।
बाँके:
बलात्कार आरोपमा एमाले सांसद मोहन बानियाँविरुद्ध मुद्दा दर्ता भएको छ । जुम्लाकी एक महिलाले उनीविरुद्ध बाँके प्रहरी कार्यालयमा २४ माघमा उजुरी दिएकी थिइन् । बिहीबार मात्रै मुद्दा दर्ता भएको हो ।
नेपालगन्जस्थित अप्सरा होटेलमा बोलाएर बाँनियाले बलात्कार गरेको महिलाले जाहेरीमा उल्लेख गरेकी छिन् । यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले बहालवाला सांसदको हकमा संघीय संसद्का सभामुखबाट अनुमति लिनुपर्ने भएको भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको बताए । ‘सांसदविरुद्धको मुद्दा दर्ता भइसक्यो । अब अनुसन्धान अघि बढ्छ,’ उनले भने ।
पीडित महिलाले सांसद बानियाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान अघि बढाउन माग गरेकी छिन् । ‘सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको खबर प्राप्त भएको छ । डिएसपीले मुद्दा दर्ता भइसक्यो, दर्ता नम्बर लिन आउनुहोस् भनेर फोन गर्नुभएको छ,’ पीडित महिलाले भनिन् । उजुरीमा महिलाले १९ माघ बिहान ५ बजे नेपालगन्ज उपमहानगरपालिका–२ स्थित अप्सरा होटेलको कोठा नम्बर २१५ मा बलात्कार गरेको जनाएकी छिन् । बानियाँले ०७६ मंसिरमा संयुक्त साझेदारीमा व्यापार गर्ने भन्दै आफूबाट २५ लाख रुपैयाँ लिएको महिलाको दाबी छ । सोही रकम फिर्ता गर्न बानियाँले होटेलमा बोलाएर आफूलाई जबर्जस्ती करणी गरेको महिलाको आरोप छ । उजुरीमा अनुसन्धानको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न माग गरिएको छ । पीडित महिलाको स्वास्थ्य जाँच भइसकेको समेत प्रहरीले जनाएको छ ।
सांसद बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेपछि पीडित महिलालाई धम्की आउन थालेको आफन्तले बताएका छन् । चौतर्फी धम्की दिने र प्रलोभन देखाउने काम भइरहेको भन्दै आफू असुरक्षित रहेकोे ती महिलाले बताएकी छन् । ‘जाहेरी दिएको भोलिपल्ट सांसद बानियाँका ज्वाइँले प्रत्यक्ष भेटेर र त्यसको भोलिपल्ट बिहानै १० बजे तपाईंले दिएको २५ लाख रुपैयाँ दिन्छौँ जाहेरी फिर्ता लिनुस् भनेका थिए,’ ती महिलाले भनिन्, ‘मैले जाहेरी दिइसकेँ । म निकै पीडित छु । अब जाहेरी फिर्ता हुँदैन जे गर्छ कानुनले गर्छ भनिदिएँ ।’ जाहेरी फिर्ता लिन आग्रह गर्दै बानियाँकी छोरीले फोन गरेर प्रलोभन देखाएको पनि उनले बताइन् ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…