प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु
काठमाडौं : प्यूठानको गौमुखी गाउँपालिकामा बेहुली लिएर फर्किएको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
जिल्लाको नौबाहिनी गाउँपालिकाबाट लुङबाट गौमुखी गाउँपालिका लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर जीप आज बिहान ३ बजे दुर्घटना भएको हो ।दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
यस्तै, दुर्घटनामा पाँच जना घाइते भएका छन् । जीपमा १३ जना सवार रहेका थिए । बेहुलाको घर नजिकै पुग्दा जिप दुर्घटना भएको थियो ।
जिप सडकबाट तीन सय मिटर तल खसेको हो । बाटोमा पहिरो खसेका कारण दुर्घटना भएको अनुमान गरीएको छ । घटनाबार थप विवरण आउन बाँकी छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


