प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु
काठमाडौं : प्यूठानको गौमुखी गाउँपालिकामा बेहुली लिएर फर्किएको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
जिल्लाको नौबाहिनी गाउँपालिकाबाट लुङबाट गौमुखी गाउँपालिका लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर जीप आज बिहान ३ बजे दुर्घटना भएको हो ।दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
यस्तै, दुर्घटनामा पाँच जना घाइते भएका छन् । जीपमा १३ जना सवार रहेका थिए । बेहुलाको घर नजिकै पुग्दा जिप दुर्घटना भएको थियो ।
जिप सडकबाट तीन सय मिटर तल खसेको हो । बाटोमा पहिरो खसेका कारण दुर्घटना भएको अनुमान गरीएको छ । घटनाबार थप विवरण आउन बाँकी छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


