कोभिडका कारण स्थगित लोक सेवाका परीक्षा फागुन ७ देखि सञ्चालन हुने ।
काठमाण्डौ:
कोभिड-१९ को संक्रमणका कारण स्थगित भएका लोक सेवा आयोगका परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने भएका छन् ।
आयोगको बुधबार बसेको बैठकले यसअघि महामारीको कारण स्थगित भएका परीक्षाहरू फागुन ७ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।संक्रमण तीव्र गतिमा फैलिएका कारण यसअघि ६ माघमा आयोगले परीक्षा तालिका निर्धारण भइसकेका विभिन्न तहका परीक्षाहरू स्थगित गरेको थियो ।आयोगले अब पूर्वनिर्धारित ती परीक्षाहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर गर्ने भएको हो ।
आयोगले उपसचिव वा सो सरह (अप्राविधिकरप्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न परीक्षाको कार्यतालिकोसमेत प्रकाशित गरेको छ ।
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


