फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ।

petrol

काठमाण्डौ:
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी समायोजित मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ बृद्धि गरेर १४२ प्रतिलिटर कायम गरेको छ। त्यस्तै डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बृद्धि गरेर १२५ प्रतिलिटर पुर्याएको छ ।

त्यस्तै आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँले बृद्धि गरेर ११६ रुपैयाँ कायम गरिएको छ।एलपी ग्यासको मूल्य यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

 

Facebook Comments Box
TOP