पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकले जिते ।
पोखरा:
पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाईंले हात पारिन् ।
नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो धावक हुन् ।
१५ औं संस्करणमा जापानिज धावकले उपाधि जितेका छन् । केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै चार लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे । यसअघि नेपाल आर्मीका धावक आनन्दमान श्रेष्ठले बनाएको २ घण्टा २५ मिनेट ५ सेकेण्डमा कीर्तिमानलाई केन्याली धावकले तोडेका हुन् ।
खुल्ला म्याराथनकै दोस्रो पुरस्कारमा पनि केन्याली धावकको नाममा लेखियो । सिमिओन किप्लागातोले २ घण्टा २१ मिनेट ३ सेकेण्डमा पुरा गर्दै दुईलाख नगद राशीको पुरस्कार प्राप्त गरे ।
त्यस्तै नेपाली सेनाका धावक मोहनदेव जोशीले २ घण्टा ३३ मिनेटमा ४४ सेकेण्डमा पूरा गर्दै तेस्रोस्थानमा आउँदा शसस्त्र प्रहरी बलका धावक सन्तोषविक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै चौथो बने । पाँचौ स्थानमा भने सोलुखुम्बुका सुमन कुलुङले २ घण्टा ३९ मिनेट ४७ सेकेण्डमा पूरा गरेका थिए ।
यस्तै, महिलातर्फ शसस्त्र प्रहरी बलकी बिन्दा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै दोस्रो हुँदा जुम्लाकी धाविका राममाया बुढाले १ घण्टा ३० मिनेट ४८ सेकेण्डमा पूरा गर्दै तेस्रो भइन् । बेलायतकी हेनाह करसले १ घण्टा ३२ मिनेट ५८ सेकेण्डमा पूरा गर्दै चौथो बनिन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


