बाघको आक्रमणबाट बर्दियामा फेरि एक महिलाको मृत्यु ।
काठमाण्डौ:
बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाहिर निस्केको समयमा मंगलबार बेलुकी सवा ८ बजेतिर बाघले लिलीलाई झम्टिएर गम्भीर घाइते तुल्याएको थियो। घाइते चौधरीको उपचारका क्रममा भुरीगाउँमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको श्रेष्ठले बताए। ‘निकुञ्ज र गाउँको सीमा क्षेत्रको वनमा प्रवेश गरेको समयमा उहाँलाई बाघले झम्टिएछ,’ श्रेष्ठले भने, ‘हामीले उहाँलाई उद्धार गरी उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो।’
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा राखिएको छ। स्थानीयका अनुसार उनी शौच गर्न जंगलतर्फ गएको समयमा बाघले झम्टिएको थियो। झम्टिएको देखेपछि स्थानीयले होहल्ला गरेपछि बाघ छोडेर भागेको थियो।केही समय यता बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रमा बाघले लगालग मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


