ट्रकले च्यापेर एक प्रहरीको मृत्यु ।
काठमाण्डौ
बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहामा आइतबार राति ट्रक पल्टिदा च्यापिएर डियुटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता वीसी रहेकी छन् ।
शम्सेरगंजबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहामा मोड्ने क्रममा पल्टिदा बीसी च्यापिएकी थिइन् । घाइते भएकी वीसीको उपचारको क्रममा कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो ।
गएराती १० बजे भएको सवारी दुर्घटनालगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


