आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालको विजयी सुरुवात ।
काठमाण्डौ:
नेपाली बलरहरुले घातक बलिङ गरेपछि आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ।
अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो।
ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओमानका जितेन्द्र सिंह ९, खावर अली ७, आमिर कालिम ९, आयान खान ३, जसिम मक्सुदले २ रन मात्रै जोड्न सके।
नेपाललाई जिताउन कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। जितेन्द्र मुखिया, कप्तान सन्दीप लामिछानेले २(२ विकेट लिँदा अभिनास बोहरा र दिपेन्द्र सिंह ऐरीले १र१ विकेट लिए।त्य सअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए। उनले ३७ बलमा २ चौका प्रहार गरे। यस्तै कप्तान सन्दीप लामिछानेले ७ बलमा १६ रन बनाए।
खराब ब्याटिङ गरेको नेपाली टिमका कुनै पनि खेलाडीबीच गतिलो साझेदारी हुन सकेन।नेपालका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके। नेपालको स्कोर मात्र ६ रन हुँदा पहिलो विकेट गुमेको थियो।ओपनर आशिफ शेख मात्र चार रनमा आउट भए। त्यसपछि कुशल भुर्तेल पनि ब्यक्तिगत पाँच रनमा आउट भए।त्यसपछि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ब्यक्तिगत १५ रनमा पेभेलियन फर्किए। उनले १५ बलमा दुई चौका प्रहार गरेका थिए। मल्ल आउट हुँदा नेपालको स्कोर बोर्डमा ३३ रन थियो।
नेपालको विकेट झर्नेक्रम यतिमा रोकिएन। ४० रन हुँदा दिपेन्द्रसिंह ऐरी ब्यक्तिगत ११ रनमा आउट भए। अन्तिममा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट पारी खेले। उनले सात बलमा एक चौका र एक छक्काको मद्दतमा अविजित १६ रन बनाए। बलिङमा खवर अलीले तीन, बिलाल खानले दुई तथा फय्याज बट र जिशान मकसूदले एक/एक विकेट लिए।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


