एमसीसी राष्ट्रघाती परियोजना होइन : सभापति थापा

वालिङ :
नेपाली काँग्रेसका वालिङ नगरपालिका वडा नम्वर १३ मा वडा कार्यालय उद्घाटन भएको छ । नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा संविधान सभा सदस्य राजु थापाले एक कार्यक्रमका विच उद्घाटन गरे । नेपाली काँग्रेसको वडा कार्यालय उद्घाटन गर्दै सभापति थापाले प्रजातन्त्र दिवसको अवसर पारेर वडा कार्यालय संचालनमा ल्याउनु सुखद पक्ष रहेको बताए । रैतीबाट नागरिक बनेको दिन सम्झदै थापाले यस्तो सुर्वण अवसरमा पार्टी कार्यालयको शुभारम्भ गरेकोमा वडा समितिलाई धन्यवाद दिए । पार्टी भित्र देखिएको असन्तुष्टिलाई सम्वोधन गर्दै स्याङ्जा काँग्रेसलाई एक ढिक्का बनाउने जिम्मेवारी पुरा गर्ने सभापति थापाले बताए । प्रजातन्त्र ल्याउन र गाँउ गाँउमा काँग्रेसको संगठन गर्न भुमिका खेल्ने अग्रज नेताहरुलाई राजनीतिक न्याय हुनुपर्ने सभापति थापाले जिकिर गरे ।
पार्टीमा न्यायोचित भुमिका नहुदा विगतका निर्वाचनमा पराजित हुनुपरेको बताउदै सभापति थापाले कार्यकर्ताको मुल्याङ्कन, अग्रजनेताको न्यायका आफु सदैव लडिरहेने बताए । पार्टीको आन्तरिक निर्वाचनमा देखिएको समुहको अन्त्य भएको बताउदै सभापति थापाले अबका दिनबाट पार्टीलाई बलियो बनाउन सकै आआफ्नो ठाउबाट लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।


केपी ओली सरकारको पालमा भएको भष्ट्रचार मुद्धा अख्तियारमा परेको भन्दै स्याङ्जा क्षेत्र नम्वर २ बाट सांसद बनेर मन्त्री भएकी पद्मा अर्याल समेत अख्तियारमा मुद्धा पर्नु स्याङ्जावासीका लागि दुखद भएको बताए । नेपाली जनताले इतिहासमै नदेखेको भष्ट्रचारमा संलग्न हुने पुर्व मन्त्री अर्यालले स्याङ्जाको इज्जतमा दाग लगाएको सभापति थापाले आक्रोस व्यक्त गरे । भष्ट्रचार रहित विकास काँग्रेसकै पालामा भएको दावी गर्दै सभापति थापाले नेपालको विकासका लागि आएको अमेरीकी परियोजना एमसीसी संसदबाट पास हुनुपर्ने बताए । मुलुकको दिगो विकासका लागि एमसीसी पास हुनुपर्ने बताउदै सभापति थापाले यो परियोजना राष्ट्रघाती नभएर समृद्ध नेपाल बनाउने परियोजना भएको बताए ।


कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य तथा कार्यसम्पादन समितिका सदस्य कविता गैह्रे, ध्रुव शर्मा पंगेनी, नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्साल, स्याङ्जा क्षेत्र नम्वर २ का क्षेत्रीय सभापति दिलिपप्रताप खाँण, नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधि लक्ष्मीप्रसाद रेग्मी, वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे, पुर्व वडा सभापति पारेश्वर नयौपाने लगायतका बक्ताहरुले टोल टोलमा काँग्रेसलाई बलियो बनाउने समय आएको बताए । बैशाख ३० हुने स्थानीयतहको निर्वाचनमा आजै देखि लाग्न बक्ताहरुले कार्यकर्ताहरुलाई आग्रह गरे ।
नेपाली काँग्रेस वालिङ १३ का सभापति हेमन्त गैह्रेको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत वडा उपसभापति इश्वरी गैह्रे र संचालन वडा सचिव बुद्धिसागर गैह्रेले गरेका थिए । सो कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाले चापाकोटका कमल रेग्मीलाई जिल्ला सदस्यमा मनोनयन गरेको पत्र हस्तान्तरण गरिएको थियो ।

Facebook Comments Box
TOP