कांग्रेस गण्डकीमा कोषाध्यक्ष र सदस्यहरु मनोनीत
पोखरा :
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिमा नयाँ सदस्य मनोनीत भएका छन् । सभापति शुक्रराज शर्माले राखेको सदस्य मनोनयको प्रस्ताव समितिको बुधबारको बैठकले पारित गरेको हो ।
शर्माले बागलुङका वसन्तकुमार श्रेष्ठलाई कोषाध्यक्ष मनोनीत गरेका हुन् । कार्यसमिति सदस्यमा १३ जना मनोनीत भएका छन् । तनहुँका तारा श्रेष्ठ, गोरखाकी रविकला खनाल, म्याग्दीकी अमृता बानियाँ, पर्वतका रामकृष्ण मल्ल, मनाङका चिन्तबहादुर घले, नवलपुरका द्रोणवन सन्यासी, कास्कीकी संज्ञा पोखरेल, तनहुँका अमृत विक, कास्कीका नारायण बराल, बागलुङकी शकुन्तला शर्मा, स्याङ्जाका ध्रुव शर्मा पँगेनी, कास्कीका देवेन्द्र केसी र मुस्ताङका योगेश गौचन थकाली सदस्य मनोनीत भएका हुन् ।
बैठकले ३४ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको छ । जसमा सभापति शर्मा, उपसभापति कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, सहमहामन्त्रीद्वय कोपिला रानाभाट र रामचन्द्र जोशी, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठ, प्रवक्ता मधु बास्तोला लगायत छन् ।
समितिमा अर्जुन जोशी, पूर्णबहादुर दाहाल, लक्ष्मी आचार्य, शान्तिरमण वाग्ले, अर्जुन शेरचन, शोभा अधिकारी, सरिता गुरुङ, सीता गुरुङ, प्रकाशचन्द्र दवाडी, सुरज गुरुङ, सीताकुमारी काफ्ले लामिछाने, सीता कुँवर, कविता तिवारी, योगेश गौचन, अजित क्षेत्री, अमृत नेपाली, विमला गौचन, छुपिमाया गुरुङ, ईन्द्रबहादुर महतो, माया राना, अशोक बस्ताकोटी, चिन्तबहादुर घले, ध्रुव शर्मा पँगेनी र पार्वती आचार्य छन् ।
बैठकले प्रशिक्षण विभाग प्रमुखपछि तोक्ने र विज्ञहरुसँगको समन्वय महामन्त्री विष्णुप्रसाद लामिछानेले गर्ने निर्णय पनि भएको कार्यालय सचिव प्रकाश बरालले जानकारी दिएका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


