प्रतिनिधि सभामा एमसीसी पेश ।
काठमाण्डौ
सत्तागठबन्धनमा सहभागी केही दलका विरोधमा बाबजुद एमसीसी संझौता प्रतिनिधि सभामा टेबुल भएको छ ।
संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको हो ।
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०बीच २०७४ भाद्र २९ गते नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने संझौता भएको थियो ।
सो सम्झौता संघीय संसद् सचिवालयमा दर्ता भएपनि संसदमा टेबुल हुन सकेको थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री रहनुभएका युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै २०७६ असार ३० गते संसद सचिवालयमा दर्ता गराउनुभएको थियो । प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको एमसीसी सम्झौतालाई आईतबार सरकारको तर्फबाट मन्त्री कार्कीले संसद्को बैठकमा प्रस्तुत गर्नु भएको हो । सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका केही सांसदहरुले एमसीसीलाई संसदमा पेश नगर्न सभामुख अग्नीप्रसाद सापकोटासंग आग्रह गरेका थिए । तर त्यसका बावजुद सभामुख सापकोटाले टेबुल गर्न अनुमति दिनुभएको हो ।
त्यस्तै नेकपा एमालेका सांसद भीम रावल,राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि एमसीसी टेबल नगर्न आग्रह गर्नुभएको थियो ।
तत्कालील अर्थमन्त्री कार्कीलेनै एमसीसी संझौता गर्नुभएको थियो । वर्तमान सरकारमा संचारमन्त्री रहनुभएका कार्कीले नै आज टेबुल गर्नुभएको हो । प्रतिनिधिसभा नियमावली, २०७५ को व्यवस्थाअनुसार कार्कीले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्नुभएको हो ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
१ हप्ता अगाडि
वालिङ : नवौँ वालिङ महोत्सव हिजोदेखी सकिएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुलनारासहित वालिङ…


