एमसिसी समयमै संसदमा नल्याउँदा सडकमा अराजकता पैदा भयो: केपी शर्मा ओली।
काठमाण्डौ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै एमसिसी संसदमा नल्याउँदा विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न पुगेको बताएका छन्।
आइतबार संसदमा एमसिसी टेबल भएपछि बानेश्वरमा आफ्ना सांसदहरूसँग अनौपचारिक छलफलमा उनले एमसिसी संसदमा टेबल नगर्दा दुई शक्ति राष्ट्रबीचको भनाभनको स्थिति बनेको बताएका हुन्।‘पहिला दुईरदुई सभामुख हुँदा यो पेस गरिएन जसले गर्दा सडकमा यो खालको अवस्था पैदा भयो। अराजकता र अस्थिरताको स्थिति उत्पन्न भयो’, ओलीको भनाइ उद्धृत गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल गरेका थिए। मन्त्री कार्कीले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २२२ बमोजिम सम्झौतालाई प्रतिनिधि सभा समक्ष पेस गरेका हुन्। मन्त्री कार्कीले संविधानको सर्वोच्चता र सर्वोपरीभन्दा एमसिसी सम्झौताको कुनै पनि व्यवस्था र शर्तमाथि नभएको स्पष्ट पारे।
उनले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताअनुसार कुनै पनि सैन्य संगठनमा सामेल नहुने नेपालको परराष्ट्र नीतिको परम्परालाई आत्मसात् गर्दै एमसिसी सम्झौता अनुमोदन गर्नका लागि प्रतिनिधि सभामा पेस गरेको उल्लेख गरे।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


