विवाह पछि दुलाहाले विदा भई जानु पर्छ दुलहीको घरमा बस्न
हाम्रो देश नेपाल र हाम्रो समाजमा विवाह पछि दुलही (केटा) विदा भई दुलाहा (केटा)को घरमा जानु पर्ने परम्परा चलि आएको छ । हाम्रो समाज पितृसतात्मक समाज अन्तर्गत पर्दछ । आज हामी यसको ठिक विपरित रहेको परम्पराका बारेमा बताउनेछौं । यो परम्परा हाम्रो देशको नभई छिमेकी देश भारतको हो ।
भारतको मेघालयमा रहेको खासी जनजातिमा विद्यमान यो परम्परा अनुसार विवाह पछि दुलही दुलाहाको घर नगई यस जातिमा दुलहा दुलहीको घरमा बस्न जानु पर्ने हुन्छ । केटाले विवाह पश्चात अाफ्नाे जीवन केटीकाे घरमा विताउनु पर्ने हुन्छ ।
यस एक मातृसतात्मक समाज हो । यस जनजातिको वंशीय परम्परा आमाको नाममा चल्ने गर्दछ । यस समुदायमा आमावुवाको सम्पत्तिमा पहिलो अधिकार महिलाको हुन्छ ।
केटा र केटीमा जीवन साथी चुन्ने पुरै अधिकार केटा केटीमा हुन्छ । खासी समुदायमा कुनै प्रकारको दाइजोको परम्परा रहेको हुँदैन जुन यस समुदायको राम्रो पक्ष हो । महिलाले कुनै पनि समय आफ्नो इच्छा अनुसार विवाह तोडन सक्छिन् ।
परिवारको कान्छी छोरीमा सबैभन्दा बढी जिम्मेवारी हुन्छ किनभने कान्छी छोरी नैं सम्पत्तिको मालिक हुन्छे ।
खासी समुदायको जनसंखया करिव ९ लाख रहेको छ । विशेष गरी यो जाति मेघालयमा नैं रहेका छन् । यसका साथै आसाम, मणिपुर र पश्चिम बंगालमा पनि खासी समुदायको बसोबास रहेको छ । यस समुदाय विशेष गरी झुम खेतिले जीविका चलाउने गर्दछ । यस जातिको संगीतका साथ गहिरो लगाव रहेको छ जस अन्तरगत विभिन्न प्रकारका वाद्ययन्त्र जस्तै बासुरी गीतार ड्रमहरुको प्रयोग गर्दछन ।
खासी समुदाय पहिले म्यानमारका आप्रवासी हुन । यस जनजातिको भाषा खासी भाषा हो ।
खासी जनजातिका अलावा मेघालयका अन्य दुई जनजाति (गारो और जयंतिया) मा यो प्रथा रहेको पाइन्छ । यी जनजातिमा पनि विवाह पछि केटा आफ्नो सासुआमाको घरमा गएर जीवन विताउनु पर्ने हुन्छ ।
यस खासी जनजाति समुदायमा छोरी जन्मिएमा खुशी मनाइन्छ । (अमर उजालाबाट)
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


