मनकामना मन्दिर फागुन १ गतेबाट सञ्चालन हुने ।

manakamana temple

पोखरा
गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर फागुन १ गतेबाट खुल्ने भएको छ ।

कोरोनाको जोखिमबढेसँगै भिडभाड नियन्त्रण गर्नका लागि माघ ६ गते मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको थियो । यो अवधिमा भक्तजनहरु मन्दिर बाहिरबाट नै दर्शन गरेर फर्कने गरेका थिए ।

जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको नेतृत्वमा मंगलबार बसेको बैठकले कोभिड संक्रमणको अवस्था सामान्य भएसँगै यसअघि बन्द गरिएका मनकामना मन्दिर खुला गर्ने निर्णय भएको हो ।

फागनु १ गतेबाट मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालन गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न पाउने बैठकले निर्णय गरेको छ ।

 

Facebook Comments Box
TOP