स्याङ्गजामा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी २० वर्षपछि पक्राउ ।
स्याङ्जा:
ज्यान मार्ने उद्योगरचोरी मुद्दाका फरार प्रतिवादी आँधिखोला गाउँपालिका-५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई घटनाको २० वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ । २०५३ साल वैशाख २ गते आँधिखोला गाउँपालिका वडा नं -५ बस्ने बल बहादुर बोगटीलाई सुवेदीले वियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाएर पैसा समेत चोरेर लगेको अभियोग थियो ।
घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालत पोखराको २०५८ वैशाख २ गतेको फैसलाले सुवेदीलाई ५ वर्ष कैद सजाय तोकेकोमा त्यसपछि सुवेदी फरार रहँदै आएका थिए।
फरार उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनकै गाउँबाट बुधबार फेला पारी पक्राउ गरेको हो । उनलाई अदालतको आदेश बमोजिम कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


