स्याङ्गजामा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी २० वर्षपछि पक्राउ ।
स्याङ्जा:
ज्यान मार्ने उद्योगरचोरी मुद्दाका फरार प्रतिवादी आँधिखोला गाउँपालिका-५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई घटनाको २० वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ । २०५३ साल वैशाख २ गते आँधिखोला गाउँपालिका वडा नं -५ बस्ने बल बहादुर बोगटीलाई सुवेदीले वियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाएर पैसा समेत चोरेर लगेको अभियोग थियो ।
घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालत पोखराको २०५८ वैशाख २ गतेको फैसलाले सुवेदीलाई ५ वर्ष कैद सजाय तोकेकोमा त्यसपछि सुवेदी फरार रहँदै आएका थिए।
फरार उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनकै गाउँबाट बुधबार फेला पारी पक्राउ गरेको हो । उनलाई अदालतको आदेश बमोजिम कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


