चिम्पाञ्जीको प्रेममा पागल एक युवती

काठमाडौँ : चिम्पाञ्जीको प्रेममा एक युवती पागलजस्तै बनेकी छिन् । बेल्जियमबाट बाहिरिएको एक खबरअनुसार एउटी महिलालाई चिम्पाञ्जीको यतिसम्म लत लाग्न थाल्यो कि दुवैमा प्रेमी–प्रेमिकाको सम्बन्ध नै बन्यो ।

युवा अवस्थामा हरेक व्यक्ति आफ्नो मन मिल्ने विपरीत लिंगी साथीलाई मनपराउँछ, प्रेम गर्छ, यो एउटा समान्य कुरा हो । तर, एक मानव र पशुबीचको प्रेम सम्बन्ध हुनु भनेको अनौठो कुरा हो ।यस्तै एउटा कुरा बेल्जियममा घटेको छ ।

तर, अन्ततः यी दुईलाई अलग गर्न चिडियाखानाका कर्मचारीले ती महिलालाई आउन प्रतिबन्ध लगाउनुपर्यो ।

डेली स्टारको समाचारअनुसार एउटा चिम्पाञ्जी बेल्जियमको एन्टर्वप चिडियाखानमा बस्छ । यस चिडियाखानामा एडी टिमरम्यान्स नामकी महिला चिम्पाञ्जीलाई भेट्न आउने गर्थिन् ।

चिम्पाञ्जीलाई भेट्न आउने क्रममा ती महिला चिम्पाञ्जीसँग प्रेममा परिन् । त्यसपछि, हरेक हप्ता भेट्न आउन थालिन् । ती महिला विगत ४ वर्षदेखि हरेक हप्ता चिम्पाञ्जीलाई भेट्ने गर्थिन् र बिस्तारै ३८ वर्षीय चिम्पाञ्जीको प्रेममा परेकी थिइन् ।

यसकारण रोकियो महिलालाई

रिर्पोटका अनुसार चिम्पाञ्जी ती महिलाको प्रेममा परेको थियो । ती महिला चिडियाखाना आउनेबित्तिकै सबै आफ्ना साथीहरूलाई छाडी उनीकहाँ आउने गर्थ्यो।दुवैले एक–अर्कालाई फलाइङ किस गर्थे ।

विगत केही सातादेखि यो क्रम जारी थियो । तर, अहिले ती महिलालाई चिडियाखानमा आउन रोक लगाइएको छ ।

चिडियाखानाका कर्मचारीका अनुसार चिम्पाञ्जीहरू मानिससँग धेरै नजिक हुदा आफ्ना साथीहरूलाई बिर्सछन् । जसका कारण उनीहरू छुट्टिएर बस्ने सम्भावना धेरै हुन्छ । त्यसैले, महिलालाई आउन प्रतिबन्ध लगाइएको हो ।

Facebook Comments Box
TOP