प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : अबको प्रक्रिया के ?
काठमाण्डाै : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामहाअभियोग लागेको पत्र बुझेर सर्वोच्च अदालतबाट बाहिरिनुभएको छ । संसद् सचिवालयले उहाँ निलम्बनमा परेकाे सूचना प्रकाशित गरेसँगै जबरा महाअभियाेग लागेकाे पत्र बुझेर अदालतबाट बाहिरिनुभएकाे हाे ।
प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि संसद् सचिवालयले प्रधानन्यायाधीश राणा निलम्बित भएको सूचना प्रकाशित गरी राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, प्रधानन्यायाधीश जबरा, संवैधानिक आयोग, न्याय परिषद् र प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।
जबरालाई रजिस्टारहरू लालबहादुर कुँवर र नारायण पन्थीले गेटसम्म आएर बिदाइ गर्नुभयो । जबरा घर फर्किँदा उहाँ चढ्ने गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपिएको थियो ।
प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको पद सम्हाल्नुभएको हो । जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्ताव तथा नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्रप्रसाद रिजाल लगायत गठबन्धनका ९५ जना सांसदको समर्थनमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


