बढ्यो भारतीय प्रहरीको गुण्डागर्दी
बर्दियामा भारतीय प्रहरी हतियारसहित
बर्दिया । भारतीय प्रहरी हतियारसहित बर्दिया प्रवेश गरेको छ । भारतीय प्रहरीका दरोगा (उपरीक्षक) अनाधिकृत रुपमा बिहीबार बेलुकी करिब साढे ५ बजे सदरमुकाम गुलरियामा प्रवेश गरेका हुन् । यूपी ५३ डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका उनले पेस्तोल बोकेका थिए । उनी बर्दियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको स्थानीयले बताएका छन् ।
प्रहरी पोसाकमाथि ज्याकेट लगाएका उनी कुन प्रयोजनका लागि आएका हुन् भन्नेबारे प्रहरी प्रशासनलाई कुनै जानकारी छैन । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोस्ट छिचोल्दै नेपालभित्र प्रवेश गर्दा उनलाई जाँचसमेत गरेन । यस सम्बन्धमा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । उनले सीमामा तैनाथ सशस्त्र प्रहरी पोस्टका सुरक्षाकर्मीसँग जानकारी लिने काम भइरहेको बताए ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


