बेइजिङ ओलम्पिकमा भारतको कुटनीतिक बहिष्कार ।

काठमाण्डौ:
भारतले आजबाट चीनको राजधानी बेइजिङमा सुरु भएको विन्टर ओलम्पिकमा कुटनीतिक बहिष्कार गर्ने भएको छ । चीन-भारत सीमामा भएको झडपमा घाइते भएका चिनियाँ सैनिकलाई ओलम्पिकको टर्च बोक्ने व्यक्ति बनाएपछि यसपटकको ओलम्पिकमा भारतले कुटनीतिक बहिष्कार गर्ने जनाएको हो ।
योसँगै आजबाट सुरु भएको विन्टर ओलम्पिकको उद्घाटन समारोह र समापन समारोहमा भारत सहभागी नहुने भएको छ ।
सन् २०२० जुनमा चीन-भारत सीमामा भएको सैन्य झडपमा घाइते भएका चिनियाँ सैनिकलाई चीनले ओलम्पिकका लागि टर्च बोक्ने व्यक्ति बनाएपछि भारतले दुवै समारोहमा सहभागी नहुने घोषणा गरेको थियो ।

चीनभारत सीमानाका गलवानमा भएको उक्त झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त झडप चार दशकयताकै सबैभन्दा खतरनाक झडप भएको भारतीय समाचार संस्था इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले यस्तो विषयलाई राजनीतीकरण गर्नु खेदजनक भएको बताएका छन् ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP