पोर्चुगलमा ज्यान गुमाएकाका परिवारलाई झण्डै १० लाख सहयोग ।
वालिङ, फाल्गुन ३ गते :
वैदेशिक रोजगारीको शिलशिलामा पोर्चुगलमा ज्यान गुमाएका स्याङ्जाका अंकितसिंह ठकुरीको परिवारलाई झण्डै १० लाख सहयोग गरिएको छ ।
भीरकोट ५ सिम्ले स्थायी घर भएका ठकुरीको परिवारलाई घरमै पुगेर रु. नौ लाख ८० हजार रकम प्रदान गरिएको हो । स्याङ्जा सहयोग समाज पोर्चुगलको अभियान तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको पहलमा रकम संकलन गरि नेपाल पठाईएको स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्यालले जानकारी दिनुभयो ।
स्याङ्जा जिल्ला स्थायी ठेगाना भई वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका स्याङ्जा बासीहरुको सहयोगमा रकम सङ्कलन गरी हस्तान्तरण गरिएको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव मीन क्षेत्रीले बताउनुभयो । समाजले विदेशी भूमिमा समस्यामा रहेका नेपालीहरुको सहयोगमा काम गर्दै आएको छ ।
रकम परिवारलाई हस्तान्तरण गर्दै भीरकोट नगर प्रमुख छायाराम खनालले २८ वर्षको अल्पायुमै रोजगारीको शिलशिलामा विदेशी भूमिका ज्यान गुमाउनु परेकोमा दुःख ब्यक्त गर्नुभयो । उहाँले वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न देशमा रहेका स्याङ्जाबासीहरुको सहयोगमा सङ्कलन गरिएको रकमको सही सदुपयोग गर्न पनि सुझाव दिनुभयो । रकम हस्तान्तरण कार्यक्रममा भीरकोट नगर उपप्रमुख सीमा केसी कर्माचार्य, भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण), वालिङ उद्योग वाणिज्य संघका महासचिव केशरबहादुर खाँण (ध्रुब) लगायतको सहभागिता रहेको थियो ।
एउटा नेपालीको दुःखमा अर्को नेपालीले सहयोग गर्नुपर्ने कर्तब्य ठानेर आर्थिक सङ्कलनलाई तिब्रता दिएसँगै उक्त रकम जुटाउन सकिएको अध्यक्ष अर्यालले बताउनुभयो । अर्याल कै पहलमा रकम संक्लन गरिएको थियो ।
स्याङ्जाको भीरकोट नगरपालिका ५ सिम्ले घर भएका अंकित रोजगारीको शिलशिलामा केही महिनादेखि पोर्चुगलमा कार्यरत रहेको रहनु भएको परिवारले जनाएको छ । ठकुरीको गएको माघ १६ गते २८ वर्षको उमेरमा अकस्मात ढलेर मृत्यु भएको थियो ।
तस्वीर १ ः सहयोग रकम हस्तान्तरण गर्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल लगायत तस्वीर ः राधाकृष्ण डुम्रे
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


