मृतकका परिवारलाई दशलाख सहयोग
स्याङ्जा : वैदेशिक रोजगारीका क्रममा युएईमा मृत्यु हुनुभएका प्रेम भण्डारीको परिवारलाई स्याङ्जा सहयोग समाज युएई र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आइतबार सहयोग रकम हस्तान्तरण गरेको छ ।
गल्याङ नगरपालिका . ७ सेन्थुम्का धराङ्दीमा रहेको पीडित घर परिवारको घर पुगेर समाजको टोलिले दस लाख २४ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेको सहयोग रकम संकलनका सह संयोगजक थमन रानाभाटले जानकारी दिनुभयो । स्याङ्जा सहयोग समाज युएईका निवर्तमान अध्यक्ष भण्डारीको अचानक मृत्यु हुनुभएकाले परिवारको लागि केही आर्थिक सहयोग होस् भन्ने हेतुले समाजले यसो गरेको उहाँले जानकारी दिनुभयो । दश लाख तीन हजार छ सय समाजले कृषि विकास बैंकमा दुई बर्षको लागि फिक्स डिपोजिट गर्दिएको र बाकी नगद हस्तान्तरण गरेको पनि उहाँले जानकारी दिनुभयो । हस्तान्तरण गर्दै गल्याङ नगरपालिका नगरउपप्रमुख देबि थापाले समाजले साच्चिकै पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो स्याङ्जा सहयोग समाज निरन्तर सामाजिक क्षेत्रमा सकृय भएको पाएका छौं । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुहोला ।
बस्याल, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष खगेन्द्र गैरे, सह कोषाध्यक्ष धर्म पराजुली, मध्य पुर्व संयोजक थमन रानाभाट, स्याङ्जा सहयोग समाज युएईका नेपाल संयोजक प्रकाश ढकाल लगायतको उपस्थिति रहेको थियो । वैदेशिक रोजगारीका क्रममा लामो समय युएई बस्नु भएका भण्डारी विभिन्न सामाजिक सस्थामा सक्रिय हुनुहुन्थ्यो । अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारको क्रममा दुबईको अस्टर हस्पिटलमा गत दशै ताका भण्डारीको निधन भएको थियो । भण्डारीका एक श्रीमती, दुई छोरी र दुई छोरा हुनुहुन्छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


