मृतकका परिवारलाई दशलाख सहयोग

स्याङ्जा : वैदेशिक रोजगारीका क्रममा युएईमा मृत्यु हुनुभएका प्रेम भण्डारीको परिवारलाई स्याङ्जा सहयोग समाज युएई र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आइतबार सहयोग रकम हस्तान्तरण गरेको छ ।
गल्याङ नगरपालिका . ७ सेन्थुम्का धराङ्दीमा रहेको पीडित घर परिवारको घर पुगेर समाजको टोलिले दस लाख २४ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेको सहयोग रकम संकलनका सह संयोगजक थमन रानाभाटले जानकारी दिनुभयो । स्याङ्जा सहयोग समाज युएईका निवर्तमान अध्यक्ष भण्डारीको अचानक मृत्यु हुनुभएकाले परिवारको लागि केही आर्थिक सहयोग होस् भन्ने हेतुले समाजले यसो गरेको उहाँले जानकारी दिनुभयो । दश लाख तीन हजार छ सय समाजले कृषि विकास बैंकमा दुई बर्षको लागि फिक्स डिपोजिट गर्दिएको र बाकी नगद हस्तान्तरण गरेको पनि उहाँले जानकारी दिनुभयो । हस्तान्तरण गर्दै गल्याङ नगरपालिका नगरउपप्रमुख देबि थापाले समाजले साच्चिकै पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो स्याङ्जा सहयोग समाज निरन्तर सामाजिक क्षेत्रमा सकृय भएको पाएका छौं । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुहोला ।
बस्याल, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष खगेन्द्र गैरे, सह कोषाध्यक्ष धर्म पराजुली, मध्य पुर्व संयोजक थमन रानाभाट, स्याङ्जा सहयोग समाज युएईका नेपाल संयोजक प्रकाश ढकाल लगायतको उपस्थिति रहेको थियो । वैदेशिक रोजगारीका क्रममा लामो समय युएई बस्नु भएका भण्डारी विभिन्न सामाजिक सस्थामा सक्रिय हुनुहुन्थ्यो । अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारको क्रममा दुबईको अस्टर हस्पिटलमा गत दशै ताका भण्डारीको निधन भएको थियो । भण्डारीका एक श्रीमती, दुई छोरी र दुई छोरा हुनुहुन्छ ।
समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…