स्याङ्गजाका २३सहित गण्डकीमा १३८ जनामा कोरोना संक्रमण, २ को मृत्यु ।
पोखरा:
पछिल्लो २४ घण्टामा स्याङ्गजाका २३ सहित गण्डकीका थप १३८ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४०७ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
बिहीबार संक्रमण पुष्टि हुनेमा स्याङ्गजा सहित गण्डकीका ८ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३७ जना, तनहुँका ३ जना, लमजुङका ४६ जना र नवलपुरका ३ जना, पर्वतका १५ जना, बाग्लुङका ४ जना र म्याग्दी जिल्लाका ७ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १२४० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ४२५ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९७ हजार ६८९ पुगेको छ। भने, अहिले प्रदेशभर २ हजार ९३ सक्रिय संक्रमित छन् ।
बिहीबार पनि गण्डकीमा थप २ जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा स्याङ्गजा जिल्ला कालिगण्डकी गाउँपालिका-५ निवासी ६९ वर्षीय वृद्ध र बाग्लुङ्ग जिल्ला काठेखोला गाउँपालिका-२ निवासी ७१ वर्षीय वृद्ध छन् । योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४५८ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


