सरकारले भारतबाट जिटुजीमार्फत् मल ल्याउने ।
काठमाण्डौ:
सरकारले भारतबाट जिटुजीमार्फत् मल ल्याउने भएको छ। मलको दीर्घकालीन सुनिश्चितताका लागि जिटुजीमार्फत् मल ल्याउन लागिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकारी दिए।
सोमबार नेपाल र भारत सरकारबीच पाँच वर्षका लागि जिटुजीमार्फत् मल ल्याउन समझदारी पत्रमा हस्ताक्षर भएको प्रवक्ता सञ्जेलले जानकारी दिए।‘मल ल्याउन भर्चुअल हस्ताक्षर भएको हो’, उनले भने, ‘अब छिट्टै मल ल्याउने प्रक्रिया सुरू गर्छौं।’
सम्झौताअनुसार पहिलो वर्ष एक लाख युरिया र ५० हजार डिएपी, दोस्रो वर्ष एक लाख १० हजार युरिया र ६० हजार डिएपी, तेस्रो वर्ष एक लाख १५ हजार युरिया र ८० हजार डिएपी, चौथों वर्ष एक लाख २० हजार युरिया र ९० हजार डिएपी र पाँचौ वर्ष एक लाख २० हजार युरिया र ९० हजार डिएपी मेट्रिक टन मल आउने छ।
सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्मा र भारत सरकारको तर्फबाट रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले हस्ताक्षर गरेका छन्। मन्त्रालयले जिटुजीमार्फत मल ल्याउन अन्य देशसँग छलफल भइरहेको बताएको छ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


