नक्कली नेपाली नोटसहित चारजना पक्राउ ।
काठमाण्डौ:
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंमा झण्डै ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् ।
अपराध अनुसन्धान महाशाखा बानेश्वरको टोलीले उनीहरुलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताउनुभयो । उनीहरुबाट एक हजार रुपैयाँ दरका २ लाख ९४ हजार बराबरको नक्कली नेपाली नोट बरामद भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँ बजार मेडिकल चोक एरियामा केहि व्यक्तिहरुले नेपाली नक्कली नोटको अवैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको विशेष प्रहरी टोलीले उक्त स्थानबाट १ हजार दरका २ सय ९४ थान २ लाख ९४ हजार नक्कली नेपाली नोट सहित ४ जनालाई पक्राउ गरेको छ । थप अनुसन्धान भई रहेको अपराध महासाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कुमार कोइरालाले बताउनुभयो ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


