दाङमा जुत्ता पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु ।

दाङ
दाङमा होलसेल जुत्तापसलमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइनमा रहेको ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएका हो ।आगोमा परेर एक महिला, दुई पुरुष र दुई बालबालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय अबिददिन अलि रहेका छन् ।मृतक र घाइतेहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।आज बिहान दुई बजेदेखि लागेको आगो अहिले नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…