पोखरामा लागु औषधसहित चार युवक पक्राउ ।
कास्की:
जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध लागु औषधसहित चार युवालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -१७ बिरौटा स्थित राममन्दिर चोकबाट नियन्त्रित लागु औषध नाईट्राभेट २ सय २० ट्याब्लेट र १ किलो ५ सय ग्राम गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही स्थान बस्ने १९ वर्षीय प्रशन भण्डारी, १९ वर्षीय अनिस सुनार, पोखरा -१५ नयाँगाउँ बस्ने वर्ष २१ का विकास नेपाली र स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिका -८हाल पोखरा -१५ नयाँगाउँ बस्दै आएका २१ वर्षीय विशाल गुरुङ रहेका छन्।
विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले शंका लागि चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिमाणको लागु औषध वरामद गरेको हो।
पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


