युवा अभियानकर्ता, समाजसेवी तथा स्तम्भकार दिनकर नेपाल काँग्रेस प्रवेश
स्याङ्जा :
युवा अभियानकर्ता, समाजसेवी तथा स्तम्भकार दिनकर नेपाल (दिनेश तिवारी) नेपाली काँग्रेस प्रवेश गरेका छन् । आज स्याङ्जा जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी उपसभापति धनराज गुरुङको उपस्थितिमा नेपालले पार्टी प्रवेश गरेका हुन्। भारतीय सेनामा मेजर पदबाट राजिनामा दिई नेपाल फर्केका दिनकर नेपाल एक दशक भन्दा बढी समय देखि राजनितिक विश्लेषण र स्तम्भ लेखनमा सक्रीय छन्।
राजनितिमा युवाहरुको सक्रीय भुमिकाबाट नै अबको रुपान्तरण सम्भव छ भन्ने विचारधाराको निरन्तर पैरवी गर्दै रहेका नेपाल पछिल्लो समय आफ्नो गृहनगर वालिङ नगरपालिकामा विभिन्न कार्यक्रम मार्फत सक्रीय छन्।
दिनकर नेपालले वालिङ नगर पालिकाका नगर प्रमुख दिलीप प्रताप खाँणको सल्लाहकारको भुमिकामा एक वर्ष काम गरेका थिए। उक्त समयमा उनले वन्डरफूल वालिङ पर्यटन विकास संस्था मार्फत वालिङ १०० भन्ने अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता मार्फत वालिङलाई पर्यटकीय गन्तव्यको रूपमा चिनाउने अभियान चलाएका थिए। हाल ‘हिमाली : मेड बाई मदर्स’ भन्ने कम्पनी मार्फत ४ वटा गाउँमा ३० जना महिलाहरुलाई रोजगारी दिई रहेका नेपाल वालिङ -५ चिसापानीमा कृषि कर्ममा पनि सक्रीय छन्।
हाल उनले अभोकाडो, ड्र्यागन फ्रूट र मौरीपालन शुरु गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस उपसभापति धनराज गुरुङले उनलाई स्वागत गर्दै दिनकर नेपाल जस्ता विद्वान, अनुभवी र कर्मठ युवा नेपाली काँग्रेसमा आउनु अब काँग्रेस युवाहरुले डोर्याउने लक्षणको संकेत हो भनेर भनेका छन्।
उक्त कार्यक्रममा गन्डकी प्रदेश उपसभापति कल्पना तिवारी, जिल्ला सभापति राजु थापा, युवा नेता तथा राजनितिक विश्लेषक शंकर तिवारी लगायत अन्य पदाधिकारी र कार्यकर्ताको उपस्थिति थियो। ‘नेपाली काँग्रेस जस्तो गौरवशाली ईतिहास भएको र नेपालको हरेक राजनितिक संकटमा समाधानमुखि भुमिका निर्वाह गरेको यो परिवारमा ठाउँ पाउनु मेरो अहोभाग्य मानेको छु। बीपीका विचारले मार्गदर्शन गरेको र लाखौं कार्यकर्ताहरुको बलिदानले बनेको यो विरासतलाई सक्दो न्याय गर्ने अठोटका साथ यो यात्रामा होमिएको छु’ नेपालले उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै भने।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


