ठगी गरेको आरोपमा चिनियाँ नागरिक सहित ८१ जना पक्राउ ।
काठमाण्डौ:
महानगरीय प्रहरी परिसर भक्तपुरले सानोठिमी क्षेत्रबाट एक चिनियाँ नागरिकसहित ८१ जनालाई पक्राउ गरेको छ। घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
भारतमा रहेका व्यक्तिलाई लक्षित गरी उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ। ‘उनीहरूले सुरुमा ऋण दिँदा रहेछन् छोटो समयको लागि, त्यसपछि धम्क्याएर त्यसको ब्याजसहित रकम असुलउपर गर्दा रहेछन्,’ परिसरका प्रवक्ता राजु पाण्डेले भने, ‘ठिमीको एउटा घर नै भाडामा लिएर उनीहरूले यस्तो कार्य गर्दै आएको भेटियो।’
प्रवक्ता पाण्डेका अनुसार उनीहरूले छोटो समयको लागि थोरैथोरै ऋण दिने र त्यसको ब्याजसहित असुल गर्दै आइरहेका थिए। सोही कार्यका लागि उनीहरूले कार्यालय चलाउँदै आएका थिए। यस्तो कारोबार गर्न उनीहरूले सामाजिक सञ्जालको प्रयोग गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका ८१ जनामाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ। यसअघि मध्यबानेश्वर क्षेत्रबाट प्रहरीले चिनियाँसहित ३७ जनालाई पक्राउ गरेको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


