कच्ची लाई पक्की सडक बनाउदै चापाकोट
स्याङ्जा :
चापाकोट नगरपालिका भित्रका कच्ची सडकलाई पक्की बनाउने अभियानमा नगर लागेको छ । कच्ची सडक सञ्जालले सबै वडामा जोडिएको चापाकोट नगरपालिकालाई अब पक्की सडक सञ्जालले जोड्ने तयारीमा नगरपालिका लागेको हो । पाल्पा र तनहुँको सिमानामा रहेको यो नगरपालिका उर्भरभुमीको समेत सम्भावना बोकेको नगरपालिका हो । चापकोट नगरपालिकाको केन्द्र सम्म आउन र जान सबै वडावासीलाई सहज बनाउने उदेश्यले पक्की सडक सगँ जोड्ने क्रम बढ्न थालेको नगर प्रमुख शिवकुमार गिरीले बताए । नागरिकले उत्पादन गरेको बस्तु सहज रुपमा ओसार पसार गर्न सडक एक महत्वपूर्ण अंग भएकाले नगरपालिकाले पक्की सडक बनाउन जोड दिएको उनले बताए ।
अहिले सम्म चापाकोट नगरभित्र झण्डै १० किलोमिटर पक्की सडक बनिसकेको जानकारी नगर प्रमुख गिरीले दिए । असार मसान्तभित्र सकिने गरी निर्माण हुन लागेको १५ सय मिटर पक्की सडकको शिलन्यास गर्दै नगर प्रमुख गिरीले विगतका संघिय र प्रदेश सरकारले सहयोग गरेको भए अहिले नगरभित्रका सबै सडक पक्की बन्ने दावी गरे । २ करोड ७६ लाखमा निर्माण हुन लागेको कालोपत्रे सडकले दार्सिङ्का जनतालाई चापाकोट केन्दू पुग्न सजिलो हुने छ । नगरपालिकाको कृष्णपुरबाट समीभञ्याङ, डोडे हुदै दार्सिङ् जाने सडकलाई कालोपत्रे बनाउन संघिय योजना आयोगको समपुरक अनुदानबाट बन्ने गिरीको भनाई छ । नगरपालिका र संघिय योजना आयोगको सहयोग यो सडकमा रहेको छ उनले भने,‘यसबाट चापाकोटका जनता मात्रै होइन हरिनास र बिरुवा गाँउपालिकाका जनता पनि लाभान्वित हुनेछन् ।’ नागरिकको आवश्यकता र सहजतामा स्थानीय सरकार सदैव रहनेछ उनले भने ।

सडककै असुविधाका कारण धेरै नगरवासी तराई तिर झर्ने वा शहर बजारतिर बसाई सर्ने प्रचलनलाई रोक्न नगरपालिकाले कच्ची सडकलाई स्तरोन्नती तर्फ लागेको हो । सडकको सहज पहुँच, शिक्षा स्वास्थ्यको राम्रो सुविधा भएपछि चापाकोट नगरपालिकाबाट बसाई सराईमा समेत कमी आएको चापाकोट एफएमका प्रवन्धक रामप्रसाद भट्टराईले बताए । पछिल्लो समय नागरिकहरु सुविधा भोगी हुन थाले प्रवन्धक भट्टराईले भने,‘स्थानीय सरकार आएपछि चापाकोट नगरवासीले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायतका क्षेत्रमा स्तरोन्नती भएको छ ।’ जसले गर्दा बसाई सर्ने रोगको अन्त्य भएको छ उनले भने । नगरवासीलाई चाहिने सबै सुविधा उपलब्ध गराउन स्थानीय सरकार लागेको उनले दावी गरे ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


