बुटवलमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु ।
बुटवल
रुपन्देहीको बुटवलमा आज बिहान सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मोहन खाणका अनुसार सोमबार बिहान बुटवल उपमहानगरपालिका– १२, तामनगरस्थित कोरियन टेक्निकल कलेजअगाडि कार र ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।
पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको तर सडकमा रोकिरहेको अवस्थाको ना.२ख ९७७२ नम्बरको ट्रकसँग लु.३च ४४४२ नम्बरको कार ठोक्किएको थियो । दुर्घटनामा परी बुटवल– १३ का अन्दाजी २८ वर्षीय सविन चौधरी, सोही ठाउँकै अन्दाजी २७ वर्षीय गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरी नायव उपरीक्षक खाणले बताए ।
दुर्घटनामा भागीरथ चौधरी र अनिश जिसी घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


