बुटवलमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु ।
बुटवल
रुपन्देहीको बुटवलमा आज बिहान सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मोहन खाणका अनुसार सोमबार बिहान बुटवल उपमहानगरपालिका– १२, तामनगरस्थित कोरियन टेक्निकल कलेजअगाडि कार र ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।
पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको तर सडकमा रोकिरहेको अवस्थाको ना.२ख ९७७२ नम्बरको ट्रकसँग लु.३च ४४४२ नम्बरको कार ठोक्किएको थियो । दुर्घटनामा परी बुटवल– १३ का अन्दाजी २८ वर्षीय सविन चौधरी, सोही ठाउँकै अन्दाजी २७ वर्षीय गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरी नायव उपरीक्षक खाणले बताए ।
दुर्घटनामा भागीरथ चौधरी र अनिश जिसी घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


