बिजुली बनाउने क्रममा पोलबाट लडेर एक कर्मचारीको मृत्यु ।
पोखरा:
पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर पक्की सडक रहेको भुईमा बजारिँदा ताप्लेजुङ बिद्युत बितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ।
मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका वडा नं ४ क्याम्पस लाइन निवासी ४८ वर्षीय सूर्यप्रकाश लिम्बू रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) बाल नरसिंह राणाले भुइँमा बजारिएर घाइते भइ ताप्लेजुङ जिल्ला अस्पताल लगिएकोमा पछि उनलाइ चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए।
सूर्यप्रकाश बीरेन्द्र चौक नजिक पोलमा चढेर बिजुली बनाइरहेको अवस्थामा भुईमा बजारिको प्रहरीले बताएको छ। घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको समेत जानकारी दिए।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


