पोखरीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु ।

 

काठमाण्डौ
रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ खारामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

सुनिलस्मृति गाउँपालिका–२ खुङ्ग्रीका कृष्ण गिरीका पाँच वर्षीय छोरा निर्मल गिरीको हिजो बेलुका पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बालक मामाघर आएको बेला सिँचाइ पोखरीमा डुबेका हुन् ।घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP