हिमपातले गर्दा राजमार्गहरू अवरूद्ध ।

road blocked by snow

काठमाण्डौ
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ। हिमपातले गर्दा राजमार्गहरू अवरूद्ध भएका छन्।बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत देहिमाण्डौ क्षेत्रमा सडकमा हिउँ जमेको छ। हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनाको टोलीले हिउँ हटाउने काम गरेका छन्।

यस्तै जुम्लामा भारी हिमपात भएको छ। जुम्लाबाट चल्ने लामो दूरीमा सवारीसाधन हिमपातले गर्दा चल्न सकेका छैनन्। हिमपातले रुकुम– बागलुङ हुँदै पोखरा जोड्ने लोकमार्ग अवरुद्ध भएको छ। रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठका अनुसार भारी हिमपातपछि बिहीबारदेखि लोकमार्ग अबरुद्ध भएको हो।

‘सडकमा बाक्लो हिउँ जमेका कारण सवारी साधन चल्न सकेका छैनन्,’ उनले भने।

काठमाडौंलगायत क्षेत्रमा पनि बिहीबारदेखि वर्षा भइरहेको छ। शनिबारसम्म मौसम प्रभावित हुने र त्यसपछि मौसम सफा हुने बताइएको छ।

देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन र चटयाङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Facebook Comments Box
TOP